For peace and happiness, we need money, love, good health and positive thinking.
  • Home
  • Model
  • Music
  • Movie
  • Daily News
  • E-Yellowpage
  • Useful Info & Tips
  • Photo Gallery
2010 September 8 Wednesday   
Event  |   Bihebari  |   On Sale  |   Home Service  |   Hot Jobs  |   CMS Sitemap  |   Contact Us  |  
 
 

नेपाली चलचित्रका संगीतकार हिजोदेखि आज

नेपाली चलचित्र संगीतको इतिहास वि।स।२००७ सालमा भारतमा निर्माण गरिएको नेपाली भाषाको चलचित्र सत्यहरिश्चन्द्रुका संगीतकार बिरेश भट्टचार्यबाट शुरु भएको पाइन्छ । पछिल्लो चरणमा आइपग्दा प्रदर्शन्मुख चलचित्र कुसुमेरुमालका संगीतकार सौर्यजीत बाँस्कोटालाई कान्छा चलचित्र संगीतकार मान्दा यस विचमा दर्जनौ संगीतकारहरुको मेहनत  पसिना र योगदानको चर्चा गर्नुपर्ने हुन्छ । नेपाली भाषाको पहिलो चलचित्र सत्यहरिश्चन्द्रुका संगीतकार बिरेश भट्टचार्यको सागितिक प्रभाव नेपाली संगीतमा कतै भेटिदैन । बिरेश भट्टचार्य नेपाली संगीतकार रुपमा जम्न नसकेपनि २०२२ सालमा स्वदेशमा नै निर्माण गरिएको पहिलो नेपाली कथानक चलचित्र आमाका संगीतकार भी।बलसराको प्रभाव सांगीतिक क्षेत्रमा राम्रै देखिन्छ ।आमा पछि परिवर्तनु र हिजो आज र भोलिमा संगीत दिएका बलसराले तिनै चलचित्र हरुबाट समकालीन नेपाली संगीतकारको गौरवमय दर्जा हासिल गरे । यी दुबै भारतीय संगीतकार हुन ।चलचित्र माइतीघरुबाट अर्का भारतीय संगीतकार जयदेवको उदय नेपाली संगीतमा भयो । त्यो समयमा माइतीघरुका गीतहरु सांगीतिक क्षेत्रमा निकै लोकपि्रय बनेका थिए । 

उनको आगमनले  उनलाई मात्रै नभएर नेपाली चलचित्रमा भारतीय गायक-गायिकालाइ समेत स्थापित गरायो ।

पहिलोपटक नेपाली संगीतकारहरुलाई नै स्थापित गराउने चलचित्र चाहि २०३० सालमा शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भएको चलचित्र मनको बाँध हो ।यसमा युगल संगीतकारको रुपमा नातिकाजी र शिवशंकर देखा परेका थिए। शिवशंकर अर्का संगीतकार चन्द्रराज शर्मासँग चलचित्र कुमारीमा पुन देखिए । २०३७ सालमा निर्माण भएको चर्चित चलचित्र सिन्दुरुमार्फत गोपाल योजन पनि नातिकाजीको जोडिका रुपमा नेपाली सांगीतिक बजारमा देखा परे । नातिकाजी र शिवशंकरको संगीतमा थुप्रै चलचित्र निर्माण भए पनि पच्चीस बसन्त शान्तीदीपमनको बाँधुकॊ संगीतले राम्रो ख्याती कमाएको थियो ।  गोपाल योजन २०४० मा बदलिदो आकाशबाट एकल संगीतकारका रुपमा देखि  परे । बदलिदो आकाशुपछि कान्छीबिश्वास जार अर्कोजन्महामी एक हौपहिलो प्रेमुलगायतका चलचित्रहरुमा उनले संगीत दिए। यस अबधिमा उनले चलचित्रमा दिएका संगीत  अत्यन्तै लोकपि्रय  बनेका थिए । चलचित्र कान्छीबाट गोपाल योाजनले लगातार दुई बर्षसम्म चलचित्र एवार्ड हात पार्न सफल भए । चर्चित निर्देशक तुलसी घिमिरेको निर्देशनमा २०३८सालमा बनेको चलचित्र बाँसुरीबाट संगीतकार राजीत गजमेरको पर्दापण भयो । बाँसुरीपछि बासुदेव ,कसुमेरुमाल ,सम्झना ,चिनो ,तृष्णा ,कोसेली ,दुई थोपा आँसुदेखि पछिल्लो समयमा दर्पणछाया ,को होला मेरो मायालुजस्ता चलचित्रहरुमा उनले आफ्नो सांगीतिक जादु निरन्तर पस्कि रहे । कुनै समय चलचित्र संगीतमा एकाधिकार जमाउन सफल गजमेरलाई त्यत्तिखेर नीर शाह शंभु प्रधान युवराज लामा प्रताप सुब्बा लगायतका निर्देशकले आफ्ना चलचित्रमा कहिल्यै छुटाउँदैथे । उनी एक मात्र यस्ता संगीतकार हुन् जसले चलचित्र संगीतबाटै आफुलाई नेपाली संगीतप्रेमी माझ चिनाउन सफल छन् । धेरै जसो संगीतकार आधुनिक संगीतबाट चर्चित भएपछि मात्र चलचित्र संगीतमा प्रवेश गरेको पाइन्छ । तर राम्रो काम गर्न सके चलचित्र संगीतबाट नै प्रशस्त सांगीतिक सम्मान  पाउन सकिन्छ भन्ने उदाहरण बनेर उनले देखाइदिएका छन् । चलचित्र संगीत बाहेक गजमेरले अन्य संगीतको सहारा लिनु परेन। नेपाली चलचित्रमा राजीत गजमेरको सांगितिक जादु सेलाउन नपाउदै अर्का संगीतकार शम्भुजीत बास्कोटा २०४६ सालमा चलचित्र मायाबाट चर्चामा आए । मायामा संगीतदिनु पूर्व उनले संगीतकार शुभ बहादुरसँग २०४१माके घर के डेरामा सयुक्त संगीत दिएका थिए । मायापछि बिजय पराजय भाउजु संकल्पयुगदेखि युगसम्म

प्रेमपिण्डप्रेयसीमिलनमोहनीलोभीपापी नेपालीबावु हुदै नेपालअनि तिमी विना मरिहाल्छु  नी सम्म आइपुग्दा नेपाली चलचित्रमा

सर्वाधिक  र्चि्रचत  र सबैभन्दा बढि संगीत दिने संगीतकार बन्न पुगे ।

२०४७ मा चोटबाट भुपेन्द्र रायमाझी२०४८माआँधीबेहरीबाट शक्ति बल्लभप्रेमपूजाबाट अनिल शाहीको जन्म चलचित्र संगीतमा भयो।आँधीबेहरी पछि शत्ति वल्लवले चोखोमाया ,पृथ्वी ,सिमाना प्रतिक्षाअवतारदेवदुत शंकररानीखोला ग्रहणभुतुक्कै भए नीमायाको जालुजस्ता चलचित्रमा संगीत दिए।चलचित्र सिमानाबाट दुईवर्ष लगातार चलचित्र एवार्ड पाउन सफल बल्लभ अहिले चलचित्र संगीत भन्दा आधुनिक संगीतमा बढि व्यस्त देखिन्छन् । चोटपछि मनकामना ,गोपीकृष्ण ,अर्पण ,सौता ,महादेवी ,नाता ,टुहुरो

सोल्टिनी आदि चलचित्रमा संगीत दिएका भुपेन्द्र रायमाझीले त्यस बेला जति पनि चलचित्रमा संगीत दिए ति सबै सफल नै रहे ।सोल्टिनीपछि एक्कासी चलचित्र संगीतबाट रायमाझी हराए। पाश्चत्य संगीतका साथै शास्त्रिय संगीतमा पनि उत्तिकै पोख्त मानिने संगीतकार अनिल शाहीले प्रेमपूजासँगै चेली ,दाईजो ,भरिया ,गून्युचोली सिउँदो ,भिष्मप्रतिज्ञा, लगायतका चलचित्रमा संगीत दिएर आफ्नो दरिलो उपस्थिति देखाए। आजभोलि नेपाली चलचित्रका संगीतमा उनको उपस्थिति शून्य जस्तै देखिन्छ। पचासको दशकको शूरुवातमै धर्मबाट संचीन संह सिन्दुरपोतेबाट लक्ष्मण शेष र बहादुरुबाट टिका भण्डारी चलचित्र संगीतमा एक साथ देखा परे । धर्मुपछि संचीन संहले आगोसगुननातारगतकोसुपरस्टारके भो लौन नीलहनारगतलगायतका दर्जनौ चलचित्रमा संगीत दिए। बहादुरुपछि टिका भण्डारीले बिहानीगाउँलेपरदेशी कान्छाजीत र लक्ष्मण शेषुसिन्दुरपोते आफन्तधर्तिउपहारकर्मलवकुशुलगायतका चलचित्र मार्फत नेपाल सांगीतिक आकाशमा छाउन सफल भए । यी तिन संगीतकार मध्ये पनि संचीन िसंह व्यस्तता र सफलताको हिसाबले केहि अगाडी देखिए ।

टिका भण्डारी र सचिन िसह चलचित्र संगीतमा बाट हराइसकेका छन । 

       चलचित्र  माया नमार बाट सुरेश अधिकारी ,त्रिबेणी,र चट्टान बाट  आएका महेश खड्का र चेतन सापकोटा पछिल्लो समयका चलचित्र निर्माता निर्देशकको रोजाईमा पर्ने र हटकेक संगीतकारमा गनिन्छन् । यतिबेला  चलचित्र क्षेत्रमा यिनै संगीतकारको बर्चश्व छ । त्यस्तै अहीले चलचित्र शिलशिलाबाट चलचित्र संग्ाीतमा आएका बसन्त सापकोटाको क्रेज पनि ह्वात्तै बढेकेा छ । उनले संगीत गरेकेा सो चलचित्रको सागरसरी चोखा माया बोलको गीतबाट उनको लोकपि्रयता चुलिएको हो ।

चलचित्रुसन्तान र कन्यादानुका मनोहरि िसंह पनि नेपाली चलचित्र संगीतमा बिस्रन नसकिने नाम हो। नेपाली चलचित्र संगीतमा थोरै काम गरेर धेरै नाम कमाउने संगीतकारमा उनी गनिन्छन् । यसै गरि जीवनरेखाका अम्बर गुरुङ जुनीका सुरेश कुमार परिवार र तिलहरिका जीवन अधिकारी पछ्यौरीका युजीन लामा झुमा र आघातुका प्रकाश गुरुङुदेशप्रदेश र परिभाषाुका न्यहू बज्राचार्यु मालतीका राजु िसंहुभन्नै सकिनु जीवनममृत्यका आलोक श्रीए मेरो हजुरुका हिमाल-समीरु

 देउकी र रक्षकका मुरलीधर बाँच्न चाहानेहरु र परालको आगोकी शान्ति ठटाल बादल र घामछायाका राम थापा जस्ता संगीतकारहरु थोरै चलचित्रमा संगीत दिएर धेरै नाम कमाउनेहरुमा पर्दछन ।पछिल्लो समयमा खुसीराम पाखि्रन, कमलकृष्ण ,नविन के भट्टराइ र प्रमोद खरेल सौर्यजीत बाँस्कोटातारा प्रकाश लिम्बु  लगायत संगीतकार पनि चलचित्र संगीतमा आफ्नो दर्विलो उपस्थिती देखाउने धुनमा देखिन्छन ।



                      ऋषि राम कट्टेल    rishee.journalist@gmail.com