|
|
|
२०५२ सालमा सागर बुढाथोकीको शब्द तथा बलराम समालको संगीतमा कसैले देखे कसैले भेटे बोलको गीत रेकर्ड गरी नेपाली सांगितिक फाटमा आएका जगदिश समाल अहिले धेरैका ढुकढुकी बनेका छन् । आधा उमेर निन्द्रैमा बित्योु बोलको गीतबाट आम संग्ीतप्रेमी माझ लोकपि्रय बनेका उनलेझण्डै एक हजार गीतमा स्वर भरीसकेका छन । आओ यादहरु ,तपोवन, न बिसर् तिमीलाई ,काँडा हो माया, म त मर्छु क्यारे जस्ता श्रोताले अत्याधिक रुचाएको गीतमा स्वर दिएका गायक समाल यतिबेला नेपाली संगीत क्षेत्रमा लोभ लाग्दो उचाइ हाँसिल गरीरहेका छन् । प्रस्तुत छ उनै गायकसगको छोटो कुराकानी-
० गायनबाट छोटो अवधिमै निकै लोकपि्रयता चुम्दै हुनुहुन्छ कस्तो महसुस गर्दैहुनुहुन्छ ?
-म सौखले मात्र संगीतक्षेत्रमा लागेको हुनाले गाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो शुरुमा। गायन क्षेत्रमा लाग्दा यति लोकपि्रता कमाइयला र स्रोताको माया पाइएला भन्ने सोचकै थिइन ।म एकदमै खुसी छु ।
० आजभोली के गर्दै हुनुहुन्छ ?
अहीले म भरत लामाको शब्द तथा संगीतमा एकल एल्बमको तयारी गर्दैछु । यसको अलवा अन्य फुटकर एल्वम चलचित्रका गीतको रेकडिङ अनि स्टेज कार्यक्रम मै हो ।
० गायक नबन्नु भएकेा भए के हुनुहुन्थ्यो ?
-खै मलाई लाग्छ भगवानले मलाई गाउनलाई ने पठाएका हुन की जसतेा लाग्छ । म त कुनै विकल्पै देख्दिनँ । गीतसंगीतभन्दा मेर्रो अरु वस्तु छ जस्तो पनि लाग्दैन ।
० संगीत को बाट सिक्नु भयो तपाईंको सांगीतिक गुरु ?
मैले धेरैसग संगीत सिके । गुरुदेव कामद शारदा क्षेत्री अनि धनबहादुर गोपालीसँंग सिके । अझै सिकीसकेको छैन बाकी नै छ सिक्ने जस्तो लाग्छ ।
० शुरुमा संगीत क्षेत्रमा चै आउने सोच कसरी आयो तपाईमा
मेरो परिवारीक पृष्ठभुमि पनि सांगीतिक नै हो । मेरो दाई बलराम समाल पनि संग्तिकार ने हुनुहन्छ। त्यही भएकाले म पनि त्यसबाट प्रभावित भएँ । पछि साथीहरुको माहौलले अझ उत्साहित बनायो ।
०तपाईको बुझाईमा संगीत के हो ?
-आफ्नो हृदय मनभित्रको भावना प्रष्फुटन गर्ने राम्रो माध्यम हो संगीत । जसले सुखमा होस वा दुःखमा सबैलाई साथ दिन सक्छ । दुखसुखको साथी हो संगीत ।
० सेलिब्रेटी स्टाटस बनाइसक्नु भएकेा छ तपाईले ।छोटो अवधिमै निकै ठुलो उचाई पाप्त गर्नु भएकेा छ सेलिब्रेटी हुनुको रमाइलो के मा देख्नुहुन्छ ?
-जता जहाँ गए पनिमानसम्मान पाइन्छ। केही समस्या पर्यो भने सकेसम्म सहयोग गर्छन् । त्यो माया र साथभन्दा ठुलो केही हुन्छ जस्तो लाग्दैन ।
० अहिले त गायकगायिकाले निकै कमाउछन भन्छन मासिक कति जति कमाउनु हुन्छ ?
-ठ्याक्कै यति नै भन्ने भन्दा पनि जीवन मज्जाले चलेको छ परिवार पालेको छु । यही नै हो ।
० अहीले एल्वम बाट भन्दा पनि स्टेजबाट बढि कमाई हुन्छ हैन ?
-सहि भन्नु भयो । कन्सर्ट महोत्सवको अनि अन्य देशविदेशका स्टेज कार्यक्रमबाट रामै्र कमाइ भइरहेको छ । एल्वमबाट त्यति धरै हुदैन । बरु अरुका एल्वमका गीत रेकर्ड गरेर कमाइ हुन्छ ।
० पछिल्लो समयमा गजल गायनमा पनि पहिचान बनाउनुभयो नी ?
-खुसी लाग्छ । तर म गजल गायकमात्रै होइन सबै गीत गाउन सक्ने कलाकारका रुपमा चिनिन चाहान्छु ।
० कस्तो गीत गाउन रुचाउनुहन्छ अथवा गाउदा आत्मासन्तुष्टी मिल्छ ?
-सन्देशमुलक गहन भाव बोकेको र जहिले सुन्दा पनि सदाबहार लाग्नॆ खाले गीत गाउँदा आत्मसन्तुष्टी मिल्छ ।
० आफुले चाहे जस्तो गीत कति गाउनुभएको छ ?
-अहिलेसम्म मैले हजारभन्दा बढी गीत गाएँ होला तर मलाई चित्त बुझेको चाहिँ डेढ सय जति होलान । मैले गति त धेरै प्रकारको गाएकेा छु ।
ऋषिराम कट्टेल
|
|
|
|
|