विशेष गरेर अंग प्रदर्शन र निर्देशक संगको सम्बन्धका विषयबाट चर्चामा आउने नायिका हुन रेजिना उप्रेति । चेतना नामक टेलिसिरीयलबाट अभिनय थालेकी उनले ५ दर्जनको हाराहारीमा चलचत्रिमा अभिनय गरीसकेकी छन । अभिनयको क्षेत्रमा ८ वर्ष यता निरन्तर सकि्रय उनी अभिनयबाट भन्दा पनि निर्देशक शोभित बस्नेतसगको सम्बन्धको विषयबाट चर्चामा आइरहन्छीन । बस्नेतद्धारा निर्देशित चलचत्रिमै बढि नायिकाको रुपमा देखिने गर्छिन उनी । प्रस्ततु छ उनै नायिका रेजिना उप्रेतिसंग ऋषिराम कट्टेलले गरेको कुराकानी
० के गर्दै हो हिजो आज ?
-भर्खरमात्रै शूरु भएको चलचित्रकै सुटिङमै त होनी । भर्खरै राजमा काम गरंे । यसअघि चिनो लगायतका चलचत्रिमा काम गरंे । त्यही चलचत्रिकै काम त हो नी अनि कहिलेकाही विदेश कार्यक्रममा गइन्छ त्यती त हो नि ।
० अहिले सम्म कतिवटा चलचित्र चलचित्रमा काम गरिसक्नुभयो ?
-५ दर्जन जति भए होला । राजुराजाराम अग्निपथ इन्द्रेणी मन आर्मी कर्णवीर चिनो लगायतका चलचित्रमा काम गरिसकंे । अरु केहीमा चलचित्र पनि काम गर्ने कुरा भएको छ ।
० तपाई जति चलचत्रिमा नायिका बन्नु भयॊ अधिकांश चै शोभित बस्नेतले निर्देशन गरेका चलचत्रिमा नायिका हुनु भएको छ खास कारण के होकि शोभित बाहेक निर्माता निर्देशकले नपत्याएका हुन ? -मलाई त त्यस्तो लाग्दैन । शोभितकोमा बढि होला तर अरुकोमा पनि काम त गरेकेा छु । शोभितले नै चलचत्रिमा ब्रेक दिएकाले पनि उहाकोमा धेरै काम गरेको हो ।
० कतिपयले त शोभितले चलचित्र निर्देशन गर्न छोडेका दिन रेजिनालाई हिरोइनमा लिने अरु हुदैनन अरु कस्ले लिने र भन्छन नी ?
- भन्नेले कुरा काट्ने ले त जे पनि भन्छन् तर म अहीले अरुको चलचत्रिमा पनि नायिका त भएकी छु नी ।
० चलचित्र क्षेत्रमा फिल्ममा नायिका बन्न आउनेमाथि यौन शोषण हुने गर्छ भन्छन नी ?
-त्यो कुरा आफैमा भर हुन्छ । कसैले पनि कसैलाई जर्वजस्ती गर्ने कुरा आउदैन । आफ्नो इच्छाले कोही हिड्छ भने त हामीले रोक्न सक्ने कुरा हैन । यदि कोही सग ट्यालेन्सी छ भने राम्रो गरेर मेहनत गरेर यो क्षेत्रमा केही गर्ने अठोट छ भने टिक्छ नत्र उ सधै टिक्न पनि सक्दैन । आफै त्यो बाटो अपनाएर आफै युज भइराखेको हुन्छ उसलाई उरु कसैले युज गर्नै पर्दैन ।
० धेरै जसो नायिका सम्झौताका भरमा टिकेका छन भन्ने कुरामा कतिको सत्यता छ ? -एक्टीङ छैन डान्स छैन अनुसाशन छैन जसरी पनि हिरेाइन बन्न आउने त्यसरी पनि आएका छन । जो यही क्षेत्रमा केही गर्छु भनेर आउछ त्यस्ताले सम्झौता गर्नु पर्दैन।
०केही निर्माता निर्देशकहरु नयानया नायिकाहरु फिल्म खेल्नकै लागि गर्लप्रुेण्ड बन्नुपर्छ कि के गर्नुपछ म तयार छु तर तपाइका फिल्ममा खेल्न पाउनुपर्छ भन्छन भनेर भन्ने गर्छन के भन्नु हुन्छ ? -कतिपय त्यसता पनि होलान । तर म चै त्यो पक्षको मान्छे हैन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु ।
० जसरी पनि हिरोइन बन्न सझौता गरेर आएका छन भनेर आफै भन्नु हुन्छ अरुलाइ आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु भन्नुहुन्छ । तपाईसग जहिले पनि शोभित बस्नेतको नाम जोडिन्छ नी् ? -यो विषयमा कुरा नगरौ प्लिज………॥प्लिज…।
०तपाई र शोभित बस्नेतको सम्बन्ध चै के हो ? - प्लिज यो ब्यत्तिगत कुरामा जादै नजाउ । बरु कुरा गरौ।
०केही एकाध नायिका बाहेक अरु धेरै नायिकाहरु हिरोको तुलनामा पारिश्रकि एकदमै न्युन छ भन्छन नी ?
-एकदमै सहि हॊ । यसमा चै म पनि सहमति जनाउर्छु पारिश्रकिको मामलामा । यो कुरा बाहिर ल्याउनुपर्छ ।
० तपाई त हिरोइन कत्तिको पे्रम प्रस्ताव आउछन ?
-पर्दाको मेरो काम हेरेर एसएमएस आउने फोन आउछन् । मेरो कामको प्रशंसा गरेर फ्यानले धेरै सम्पर्क गर्न खोज्छन । प्रेमको कुरा पनि गर्छन । तर मलाई भित्रैदेखि बुझेर प्रेम प्रस्ताव गर्ने त थोरै नै छन ।
०अहिले कुन स्तरको नायिका भए जस्तो लाग्छ तपाईलाइ ?
-मलाई राम्रो काम गर्न सक्ने नायिका हो भन्ने दर्शकले भनेका छन तर म दर्शकले मेरो कामलाई प्रशंशा गर्नुभएको छ त्यही भएर यो क्षेत्रमा टिकीरहको छु जस्तो लाग्छ ।
० अंगप्रदर्शनका मामलामा त उदार नै हुनुहुन्छ हैन ?
-त्यत्रो भयंकर अंगप्रर्दशन गर्ने मान्छे त हैन । कुनै कुनै चलचत्रिमा गनै पर्ने हुन्छ त्यो भएर मात्र हा । कुन ड्रेस लगाउदा सुहाउछ त्यही लाउने हो अंगप्रदर्शन गर्ने भन्दैमा जस्तो पनि गर्ने हैन म । चलचत्रिमा आबश्यकता कथाअनुसार अनुसार गर्नुपर्छ ।
०सेक्स के हो ?
यो प्रकृतिले दिएको भगवानले दिएको कुरा हो। यसलाई मान्छेले नराम्रो तरिकाले लिन्छन । यो हरेक प्राणीलाई आबश्यक कुरा हो ।
०मन मिल्ने सग विवाह अघिको सेक्स उचित हो ?
-मलाई चै के लाग्छ भने यो उचित हैन । यसैका करण कतिको भविष्य अन्धकार पनि भएकेा छ । जुन चीज जे को लागि राखिएको हो त्यती बेलै गरेकेा राम्रो हो नी।
०त्यसो भए तपाईसंग सेक्स अनुभव छैन भन्दा हुन्छ ?
- छैन ।
०विवाह चै कहिले गर्ने अव त बुढी हुने बेला भयो त ?
-लेखेको कुरा पाइन्छ देखकेा कुरा पाइदैन भन्छन नी माया त धेरैले गर्छु भन्छन तर भाग्यमा लेखेकेा चाहियो नी ।
०आफुलाई कतिको सेक्सी नायिका मान्नु हुन्छ ?
- हो । म आफुलाई सेक्सी नै ठान्छु अरुले पनि भन्छन ।
०सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ?
- नगर्ने भन्ने कुरा हैन । कस्तो मेसेज दिने फिल्म हो कस्तो स्टोरी छ त्यो हेरेर राम्रो रैछ भने गर्छु ।