For peace and happiness, we need money, love, good health and positive thinking.
  • Home
  • Model
  • Music
  • Movie
  • Daily News
  • E-Yellowpage
  • Useful Info & Tips
  • Photo Gallery
  • Thamel Live
2010 March 9 Tuesday   
Event  |   Bihebari  |   On Sale  |   Home Service  |   Hot Jobs  |   CMS Sitemap  |   Contact Us  |  
 
 

दैनिक राशीफल

पथ्वी जल लेज वायु र आकाश जस्ता पाच भौतिक तत्वद्वारा निर्मित हाम्रो शरीरलाई विभिन्न ग्रह तथा खगोलीय पीण्डहरुले पार्ने असरहरुको प्रभावका आधारमा राशीफल निर्धारण गरिन्छ । मानिसको जन्महुँदाको समय र त्यसले जीवनमा पार्ने प्रभावलाई राशीफलको रुपमा लिइन्छ । यही समयचक्र र खगोलीय विज्ञानका आधारमा तयार गरिएको तपाईको आजको राशीफल यस प्रकार छ ।
तपाइको आज : २०६६ साल, फागुन २५ गते मंगलवार
 

मेष

समय राम्रो छ । मित्रजनको सहयोग र हौसलाले अप्ठ्यारोमा परेको काममा सफलता मिल्ला । अन्न वस्त्र आदिको व्यापार व्यवसायमा आशा गरेभन्दा वढी लाभ होला । परिवारका सदस्यबाट विशेष प्रेरणा र काममा सहयोग प्राप्त होला । शुभ समाचार सुन्न पाइएला । पठनपाठनमा सफलता प्राप्त होला ।
 

वृष

समय राम्रो छ । आमाका कुलबाट प्राप्त सहयोगले महत्वपुर्ण काममा सफलता प्राप्त होला । आर्थिक काम कारोबारमा आशा गरेभन्दा बढी लाभ प्राप्त होला । पठन पाठन तथा लेखन कार्यमा ख्याति आर्जन होला । परिवारमा सन्तोष प्राप्त होला । आफन्तको शुभ समाचार सुन्न पाइएला ।
 

मिथुन

समय राम्रो छ । प्रेमिका, पत्नी वा दिदी बहिनीको सहयोग र हौसलाले महत्वपुर्ण काममा सफलता प्राप्त होला । अन्न वस्त्र वा बहुमुल्य वस्तुको प्राप्ति होला । धन, धर्म र भाग्यको उदय होला । दैनिक पेशाबाट पर्याप्त लाभ होला । सुखद् समाचार सुन्न पाइएला । प्रेममा मिलनको क्षण आउला ।
 

कर्कट

समय राम्रो छैन । स्वास्थ्य विषयमा अनावश्यक धन खर्च गर्नुपर्ला । घर परिवारमा झैझमेला वा वादविवादको अवस्था आउला । आर्थिक सहयोगको आशा गरिएको व्यक्तिले धोका देला । अचल सम्पत्तिसमबन्धी मुद्धा मामिला आइपर्ला । अप्रिय समाचारको प्राप्तिले मनमा खिन्नता र चिन्ता होला ।
 

सिंह

समय राम्रो छ । काम गर्ने जाँगर बढ्ला । सम्मानित वा ख्यात्रि्राप्त व्यक्तिबाट विशेष सहयोग र प्रेरणा मिल्ला । पठनपाठन तथा लेखनका कार्यमा रुचि बढ्ला । आर्थिक काम कारोबारमा पर्याप्त लाभ होला । दैनिक कामहरु सफल होलान् । शुभ समाचारको ख्याति प्राप्तिले मन प्रशन्न होला ।
 

कन्या

समय राम्रो छ । महिला मित्रहरुसँग रमाइलो भेटघाट होला । सरकारी अधिकारीको कृपा प्राप्त होला । आर्थिक काम कारोबारमा थप सुधार र सफलता प्राप्त होला । साथीहरुको सहयोग र हौसलाले अधुरो काममा सफलता प्राप्त होला । छोटो दुरीको आनन्ददायक र लाभदायी यात्रा सम्पन्न होला ।
 

तुला

समय राम्रो छ । धन, अन्न, वस्त्र वा विलासिताको मूल्यवान वस्तु घरमा भित्रिएला । कुटुम्ब तथा समाजका गन्यमान्य व्यक्तिहरुसँग लाभदायक भेटघाट र सरसल्लाह होला । व्यापार व्यवसाय वा दैनिक पेशाबाट पर्याप्त लाभ होला । दौँतरीबाट भेटघाट, हाँसखेल र मनोरञ्जनमा सहभागी भइएला ।
 

वृश्चिक

समय राम्रो छैन । आर्थिक समस्याले सताउला । घर परिवारमा वादविवाद वा कुनै झमेला आइपर्ला । नगरिएको गल्तीको सजाय नहोला भन्न सकिन्न । दैनिक कामकाजहरु पूरा गर्न नसकिएला । विश्वास गरिएका व्यक्तिबाटै धोका होला मनमा अज्ञात त्रासले वास गर्ला ।
 

धनु

समय राम्रो छैन । घरायसी वादविवादले नसोचेको हैरानी होला । अनावश्यक काममा धन नाश होला । घात चोटपटक वा साधारण दुर्घटनाको भय होला । लामो दूरीको यात्रामा नजानु नै वेश होला । आर्थिक संकटले घर परिवार चलाउनै धौ धौ होला । दैनिक काम कारोबारमा वाधा होला ।
 

मकर

समय राम्रो छ । मान पुरस्कार वा उपाधि प्राप्त होला । हाँसखेल मनोरञ्जका काममा सरिक भइएला । महिला सहकर्मी वा पत्नी वा प्रेमिकाको विशेष सहयोग र हौसला प्राप्त होला । मित्रजनसँग रमाइलो भेटघाट र नयाँ स्थानको भ्रमण होला । आर्थिक कारोबारमा मनग्गे लाभ होला ।
 

कुम्भ

समय राम्रो छ । कुटुम्ब परिवारका सदस्यबाट विशेष सहयोग प्राप्त होला । काम गर्ने शक्ति र पराक्रम बढ्ला । शत्रु तत्वहरुको नाश होला । पारिवारिक सुख प्राप्त होला । मित्रजनसँग उपयोगी सरसल्लाह होला । मनमा प्रशन्नता छाउला । पठन पाठन तथा लेखनका कार्यमा रुचि बढ्ला ।
 

मिन

समय राम्रो छैन । स्वास्थ्यमा गडबडी आउला । घाउ चोटपटक वा दुर्घटनाको त्रास हुने हुँदा हतियार वा सवारीसाधनको प्रयोग गर्दा सावधान रहनु वेश होला । छोटो दूरीको र्व्यर्थको यात्रा गर्नुपर्ला । मन नपर्ने मान्छेलाई सहयोग गर्न बाध्य भइएला । आर्थिक समस्याले अप्ठ्यारो पर्ला ।
 

मानिसको जीवन ज्योतिष, तन्त्र, वास्तु र योगले जीवनको शुरुवात देखि अन्त्यसम्म प्रभावित भैरहेको हुन्छ । हर मानिसले जीवनमा सुख र दुःख भोगीरहेको हुन्छ । तर प्रत्येक व्याक्ति सुखसाथ जीउन चहान्छ । यदी कुनै पनि मानिसले ज्योतिष तन्त्र र वास्तु र योगमा ध्यान पुर्याउन सकेको खण्डमा सुखी जीवन जीउन सक्छ । ज्योतिष : ज्योतिष समयको विान हो र समय अनुसार चल्न सकेको खण्डमा अवश्य लाभ मिल्छ । तन्त्र : तन्त्रद्वारा अप्रीय घट्नाको निवारण गरिनुका साथै धेरै नराम्रो अवस्थालाई न्युन गराउन सकिन्छ । जसको सही प्रयोगले सम्पुर्ण मानिसको कल्याण गर्न सकिन्छ । वास्तु : पाच भौतिकलाई आ-आफ्नो दिशामा राखेर घर वा आवासको स्थिति सन्तुलनमा राख्न सकिन्छ । योग : कुनै पनि रोग लाग्न नदिनु लागेको खण्डमा रोग बढ्न नदिई निराकरण गर्ने उपाय गर्नु । यदि हामीले माथि उल्लेखित कुराहरुमा ध्यान पुर्याउन सक्यौं भने अवस्य लाभ हुनेछ ।